मैले दिएको मुटु, कुनै त्यस्तो सस्तो चिज होइन । म त रिती सकेको छु । तिम्रो माया पाउन, मैले तिमीलाई आधा छाती दिएको होइन । म त खाली,खाली, रित्तो भइसकेको छु । किन यो दिनहरु विरान लाग्छ ? म आफ्नै छायांमा आफूलाई हराइरहेछु । रातहरु पनि कति स्वार्थी छन् ! मेरो नीद देवी लिई टाढा भागिदिन्छ । सम्झनाको त्यो झिनो धागो, कल्पना भरी बेह्रीरहन्छ । भनौं…! यो अथाहा पीडाले जीवन छटपटिरहन्छ । तिम्रो निश्फ्रक्ताभित्र जीवन निशासिरहन्छ । मैले दिएको माया, कुनै त्यस्तो खेल्ने खेल होइन । म त दुखी रहेको छु । यो वेदना पाउन, मैले तिमीलाई अविश्वास मागेको होइन । म त आशुं आशुं भएर बांचीदिएको छु । किन यो जीवन उजाड लाग्छ ? म आफैदेखि आफैलाई टाढा पाईरहेछु । समय पनि कस्तो पापी छ ! जीवनको खुशी खोसेर शून्यतामा हराइदिन्छ । मायाको त्यो सानो त्यान्द्रो, मन भरि छटपटिरहन्छ । भनौं…!! एउटा अथाहा पीडामा जीवन दुखीरहन्छ । तिम्रो वेवास्ताको प्रहारले जीवन छटपटिरहन्छ । आखिरमा मैले ठूलै घात पाएं । चिन्ताको चित्तामा जलिरहेछु । अव, म जीवन विर्सजन गर्न चाहन्छु । जीवनको अथाह पीडाबाट मुक्ती पाउन, जीवनलाई किनारा लगाउन चाहन्छु । अन्तिम श्वास निभाउन चाहन्छु । mr sharma हाल दोहा कतार
Send Free SMS to Facebook Friends
5
Friendship sms: What's love u know
मैले दिएको मुटु, कुनै त्यस्तो सस्तो चिज होइन । म त रिती सकेको छु । तिम्रो माया पाउन, मैले तिमीलाई आधा छाती दिएको होइन । म त खाली,खाली, रित...
Subscribe to:
Post Comments
(
Atom
)

No comments :
Post a Comment