Pages

dashain sms with Nepali

ठुलोको आशीस , सानोको माया , दशैंको रमझम सधै रही रहोस . ह्याप्पी दशैं !!!

सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमी २०६७  को येही छ शुभकामना


शुभकामना
माधव नेपालको जस्तो भाग्य होस्
बाबुराम भट्टराईको जस्तो बुद्धी होस्
आङ साङ् सुकिको जस्तो धैय होस्
सोनिया गन्धिको जस्तो त्याग होस्
मदनकृष्ण हरीबन्शको जस्तो मेल होस्
गिरिजा प्रसादको जस्तो आट होस्
देशमा फेरी पनि अशान्ति नहोस्
३ करोड नेपालीको सधैं जय होस्



उत्साह, उमाङ
उत्सव, खुसी
शान्ति, उल्लास
हर्स, सुख
प्रसन्नता, सुबिस्ता
आनन्द, सम्रिधी
उन्नती, कल्याण
मंगल्, सुबिधा
अभुदय
यी शब्दहरु शब्दकोस मा मात्र नरहुन
येही छ बिजया दशमी को शुभकामना


बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,
चुनौती सामना गर्न चट्टान बनेर,
रातो टिका बनेर, जमरा बनेर,
सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,
खुसी भएर, उल्लास भएर,
सबैका लागि सधैं सधैं, मंगलमय बनेर,
सबै सबैलाई शुभकामना बनेर



दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा  लक्ष्मीले बास गरुन,
सम्पूर्ण नेपालीको घर आगनमा
दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन
येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना
  

घ्याम्पो भरि रक्सि होस् निधारमा टिका होस् साथीभाई हरु संग रमाइलो होस् हातमा एकका को ट्रेल होस्. ह्याप्पी दशैं .


बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोसयहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना!
 
 
कति बसुँ म, आँशु ले मुहार धोएर कति बसुँ म , तिम्रो यादमा तड्पेर जान चाहन्छौ जाऊ तिमि , मलाई छोडेर म पनि जिउनेछु जीवन , तिमीलाई बिर्सेर  


 यो खडेरीमा मलाई धुप होइन छाया चाहिएको छ, यो जिन्दगीमा मलाई रुप होइन माया चाहिएको छ, न कुल्च झरेका पात सम्झेर जीवन बसन्तलाई तिमि किनकि मलाई यहाँ गन्ध होइन सुबास चाहिएको छ 



टप्प टिपेर जून , तिम्रो निधारमा चट्ट टाँसी दिउँला भनेथें, हिड्ने बेला दैलैमा ठेस लाग्यो हेर न ! आजै औसी परेछ


नयाँ नेपाल भन्दा भन्दै दसैं आएसक्यो
सरदको न्यानो घामले धर्ती छोइसक्यो
कहिले होला मानिसमा एकताको बास
येहि दशैमा भएपनि हुन्थियो बिपत्तिको नाश

No comments:

Post a Comment